Wednesday, June 4, 2008

सहमति प्रयास जारी

काठमांडू-
प्रमुख दलबीच राजनीतिक सहमतिका निम्ति दलहरु छलफलमा ब्यस्त छन् । 

राजनीतिक गतिरोध अन्त्यका निम्ति माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा जेठ २२ गते बिहानदेखि सुरु बैठक बेलुका ४ बजे पुन बस्ने भएको छ । बिहानको बैठकमा सहमति नभए पनि बैठक सहमतितर्फ अघि बढिरहेको बालुवाटारमा उपस्थित संचारकर्मीलाई एमाले महासचिव झलनाथ खनालले बताए । खनाल र एमाले नेताहरुले आफ्नो संसदीय दलको बैठकमा भाग लिन बालुवाटार छाडेको बताए पनि माओवादी र नेपाली कांग्रेस नेताहरु भने अहिले पनि बालुवाटारमा छलफल गरिरहेका छन् ।

यसैबीच, आजै बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्न पूर्व राजा ज्ञानेन्द्रका सहयोगी पशुपतिभक्त महर्जन बालुवाटार आएका थिए । कोइराला र महर्जनबीच आधा घण्टा कुराकानी भएको बालुवाटार श्रोतले बतायो । श्रोतका अनुसार, महर्जनले पूर्व राजाको बासस्थानको ब्यवस्थाबारे प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

No comments: