Tuesday, June 17, 2008

फोहोरले राजधानी दुगन्धित

काठमाडौं- गर्मी चर्किरहेकै समयमा काठमाडौं र ललितपुरको फोहोर ११ दिनदेखि उठ्न नसकेपछि राजधानीमा महामारी फैलिने खतरा बढेको छ ।

ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटका जनताले स्थानीय दुइ विद्यालयको भौतिक संरचना निर्माण गर्नुपर्ने र शिक्षक दरबन्दी दिनुपर्ने माग राखी काठमाडौंको तीनपीपलेस्थित मुख्य सडकमै अवरोध पुर्याएपछि राजधानीको फोहोर विर्सजनको समस्या उत्पन्न भएको हो । तीनपीपलेस्थित भवानी माध्यमिक विद्यालय र कागतीगाउँस्थित महालक्ष्मी प्राविका शिक्षक र विद्यार्थीहरू फोहोर Šयाँक्न नदिन संर्घषमा उत्रिएपछि फोहोर विर्सजन गर्न संकट उत्पन्न भएको हो ।

सरकारले स्थानीय जनतासँग पटकपटक सम्झौता गरे पनि माग पूरा गर्न चासो नदेखाएपछि अवरोध पुगेको बताइएको छ। फोहोर विर्सजनको प्रयास गरिरहेका छौं’, फोहोर मैला व्यवस्थापन तथा स्रोत परिचालन केन्द्रका निर्देशक निवासचन्द्र श्रेष्ठले भन्नुभयो- शिक्षँकले बाटो छेकेर अवरोध गर्नु हुँदैन, वार्ताबाटै समस्या समाधान गर्न सकिन्छ।’राजधानीको फोहोर उठ्न नसक्दा प्रमुख व्यापारिक तथा पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, बागबजार, पुतलीसडक, लैनचौर, न्युरोड, वसन्तपुर, पाटन दरबारक्षेत्र मंगलबजार, पुल्चोकलगायत प्रमुख बजार पूरै दुगन्धित भएका छन्।फोहोर विर्सजन गर्ने प्रयासस्वरूप काठमाडौं महानगरपालिकाले सोमबार १८ वटा गाडी सिसडोल ल्यान्डफिल साइट लगेको थियो। दिनभरको अवरोध र नाराबाजीपछि अबदेखि फोहोर खसाल्न नपाइने चेतावनीपछि एक दर्जन गाडीको मात्र फोहोर विर्सजन गर्न सकिएको थियो।

No comments: