Friday, May 30, 2008

ट्रेनिङ भिसामा नेपाली कामदार जापान जान पाउने

काठमांडू- ट्रेनिङ भिसामा नेपाली कामदारहरु जापान जान पाउने भएका छन् ।
निकै लामो समयदेखि प्रशिक्षार्थी कामदारकोरुपमा नेपालीहरु जापान जान पाउने हल्लाले बजार तातेको पनि बर्षौ भईसकेको छ । तर नेपाल सरकारको आन्तरिक कमजोरी र उपयुक्त वातावरणको अभावमा यो अवसर अझै नेपालहरुले उपयोग गर्न पाएका थिएनन् । यस सम्बन्धमा नेपाल र जापान सरकारका उच्च अधिकारीबिच गत साता सहमति पत्रमा हस्ताक्षर भईसकेकोले अब भने बिस्तारै बातावरण बन्न लागेको छ । सो सम्झौताका लागि गत सातामात्रै जापान गएका श्रम सचिव श्यामप्रसाद मैनालीले नेपाली कामदारलाई जापानमा रोजगारी दिने सहमति भएको जानकारी दिएका छन् ।
उनकाअनुसार कामदार पठाउन सक्ने संस्था छनौटका लागि नेपाल सरकारले छिटै मापदण्ड निर्धारण गर्ने भएको छ । दुइ देशबिच भएको सहमतिअनुसार जापान जाने प्रशिक्षार्थी कामदारले एक बर्षपरिक्षणकोरुपमा र दुइ बर्षकामदारकारुपमा काम गर्न पाउने छन् । उनीहरुले मासिक ८० हजार देखि १ लाख सम्म कमाउन सक्नेछन । साथै कम्पनीको नियमअनुसार बिभिन्न भत्ता पनि पाउने छन् । तर उनीहरुले अनिबार्यरुपमा जापानी भाषा, संस्कृति र सम्बन्धित काममा दखल हुनुपर्ने बताईएको छ ।

No comments: