Tuesday, May 27, 2008

माओवादी र श्रेष्ठ परिवारबीच सहमति, आन्दोलन फिर्ता

काठमांडू- नेकपा माओवादी र कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठका परिवारबीच सात बुंदे लिखित सहमति भएको छ ।आज भएको सहमतिमा माओवादीले आफ्ना कार्यकर्ताबाट भएको गल्तीको जिम्मेवारी लिदै माफी माग्ने, दोषीमाथि कारबाही गर्न सरकारद्वारा गठित आयोगलाई सहयोग पुर्‍याउने, मृतक परिवारलाई राहत प्रदान गर्ने लगायतका विषय समावेश भएको छ । माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र पींडित परिवारका तर्फबाट श्रेष्ठ पत्नी रमिलाले हस्ताक्षर गर्नुभयो । परिवार र संघर्ष समितिले विगत एक हप्तायता जारी आन्दोलन फिर्ता लिएका छन् । काठमाडौंको शिक्षण अस्पतालमा राखिएको श्रेष्ठको शव अन्तिम श्रद्धाञ्जलीका लागि कोटेश्वर पुर्‍याइने बताइएको छ । उहांको आजै अन्तिम संस्कार गरिदै छ ।

No comments: