Thursday, May 22, 2008

प्रधानमन्त्रीको राजीनामा मागिने

काठमांडू- माओवादी सचिवालय बैठकले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा आफ्ना मन्त्रीहरुको माध्यमबाट मन्त्री परिषद बैठकमा माग्ने निर्णय गरेको छ । 
माओवादीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पदबाट औपचारिकरुपमा राजीनामा माग गर्ने निर्णय गरेको छ । जेठ ९ गते राजधानीमा बसेको माओवादी सचिवालयको बैठकले आज हुने मन्त्री परिषद बैठक तथा आजै हुने पाँच दलको बैठकमा प्रधानमन्त्री कोइरालाको राजीनामा माग्ने निर्णय गरेको सचिवालय सदस्य सिपी गजुरेलले जानकारी दिए । गजुरेलका अनुसार, आफ्नो जनमुक्ति सेनाबाट मारिएका कोटेश्वरका ब्यवसायी रामहरि श्रेष्ठको हत्या प्रकरणबारे छानवीन गर्न माओवादीले आन्तरिक आयोग बनाएको छ । आयोगको संयोजकमा सचिवालय सदस्य पोष्टबहादुर बोगटी दिवाकर, सदस्यहरुमा केन्द्रीय सदस्य हितराज पाण्डे र एकराज भण्डारी रहेको गजुरेलले जानकारी दिए । श्रेष्ठ हत्या प्रकरणको छानवीन गर्न सरकारले उच्चस्तरी आयोग गठन गर्नुपर्ने प्रस्ताव आफ्ना मन्त्रीहरुबाट मन्त्री परिषदको बैठकमा लैजान लागिएको पनि गजुरेलले उल्लेख गरे ।
स्रोत: हीमालखबर डट कम

No comments: