Friday, May 16, 2008

मदन भण्डारी सम्झिइदै

काठमांडू- एमालेका तत्कालिन महासचिव मदन भण्डारीको सम्झनामा आज जेठ ३ गते बिभिन्न कार्यक्रम गरिदैछ । 
एमालेका पूर्व महासचिव मदन भण्डारी र तत्कालिन संगठन बिभाग प्रमुख जिवराज आश्रतिको १५ औं स्मृति दिवस बिभिन्न कार्यक्रमसाथ मनाइदैछ । २०५० जेठ ३ गते चितवनको दाशढुङ्गामा रहश्मय जीप दुर्घटनामा मारिएका भण्डारी र आश्रितको स्मृति कार्यक्रममा जेठ ३ गते राजधानीमा मदन-आश्रति प्रतिष्ठानले बिचार गोष्ठी गर्दैछ । गोष्ठीमा एमालेका नवनियुक्त महासचिव झलनाथ खनाल, निवर्तमान महासचिव माधवकुमार नेपाल, स्थायी समिति सदस्यहरु केपी ओली, अमृतकुमार बोहोरा र बामदेव गौतमले सम्बोधन गर्दैछन् ।
प्रतिष्ठानले मदन-आश्रतिको मृत्यु भएको १५ औं वर्षा यो वर्षभरी नै बिभिन्न कार्यक्रम गर्ने योजना बनाएको छ । प्रतिष्ठानका अनुसार, बिभिन्न सम-सामयिक तथा सैद्धान्तिक बिषयमा प्रतिष्ठानले पाँचै बिकाश क्षेत्रमा बिचार गोष्ठी गर्ने योजना बनाएको छ ।

स्रोत: हिमालखबर डट कम

No comments: