Monday, May 12, 2008

सुजाता भईन यूके ट्यालेन्ट २००८

लन्डन- सात प्रतिस्पर्धीलाई पछाडि पार्दै यहाँ आयोजना भएको स्पर्धाबीच सुजाता राई यूके ट्यालेन्ट हन्ट २००८ चुनिएकी छिन् ।
सपन इन्टरटेन्मेन्ट लि. को आयोजनामा गत आइतबार ओकफार्म कम्युनिटी सेन्टर हलमा भएको अन्तिम प्रतिष्पर्धामा सुजाता यूके ट्यालेन्ट चुनिएकी हुन् । शोको अन्तिम चरणमा अडिसनबाट छनोट भएका सात प्रतिष्पर्धीले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा राईलाई उपाधिसहित १ हजार पाउण्ड नगद, प्रमाणपत्र र ट्रफीले सम्मान गरिएको थियो । महिला र पुरुष दुबै सहभागी प्रतियोगितामा समीर गुरुङ फस्ट रनरअप भएका छन् भने संयुक्ता राई र श्रद्धा गुरुङ सेकेन्ड रनरअप भए । फस्ट रनरअपलाई नगद ५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
शोमा सहभागी सबैलाई स्थानीय प्रायोजक नेपाली टिभीले एक वर्षसम्म सो टेलिभिजनको प्रसारण निःशुल्क हेन टिभीकार्ड प्रदान गरेको थियो भने कुमारी बैंकले सित्तैमा खाता खोलिदिने जनाएको छ । प्रतियोगिताको मुख्य उदेश्य यूकेमा प्रतिभाको खोजी गर्नु रहेको जनाउँदै आयोजक सपन इन्टरटेन्टमेन्ट लि.का निर्देशक सपन राईले भने हाम्रो स्वार्थ यूकेमा लुकेको प्रतिभा उजागर गर्ने हो।’
प्रतियोगितामा नायक दिलीप रायमाझी, नेपाल सांस्कृतिक केन्द्र यूकेका अध्यक्ष मनीष श्रेष्ठ, गीता गुरुङ थापा, गोविन्दबहादुर गुरुङ, गोरे गुरुङ र सनमकुमार वैराग निर्णायक रहेका थिए । निर्णायकको ७० र अडियन्स् भोटका ३० प्रतिशतको आधारमा विजेता छनोट गरिएको थियो ।

No comments: