Friday, May 30, 2008

डब्लिनमा गणतन्त्रको स्वागत

कृष्ण भट्टर्राई
डब्लिन, मे २९
जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरिएको खुशियालीमा आयरल्याण्डको राजधानी डब्लिनमा एउटा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । बुधवार राती वीरेन्द्र अन्तर्राष्टिय सम्मेलन केन्द्रमा नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेपछि डब्लिनको व्यस्त सिटी सेन्टरस्थित कार्मेलाइट सेन्टरमा स्वागत कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा समाजका सभापति जीवन तिमिल्सिना, कार्यक्रममा संयोजक तथा समाजका कोषाध्यक्ष राजन काफ्ले लगायतका एक दर्जन भन्दा बढि वक्ताहरुले नेपालमा आएको राजनैतिक परिवर्तनको मुक्तकण्ठले प्रसंसा गरेका थिए । यसैबीच नेपालमा आएको राजनैतिक परिवर्तन संगै नेपाल आयरल्याण्ड समाजले नयां नेपालको निर्माणका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेका छ । गणतन्त्र घोषणा भएकै दिन नेपाल आयरल्याण्ड समाजले आफ्ना पांच जना पदाधिकारी सम्मिलीत एउटा सहयोग समिति गठन गरेको छ । गंगाराम कंडेल, डा.केशव भट्टर्राईर्,र् इ.अशोक श्रेष्ठ, दिपेशमान शाक्य तथा राजन काफ्ले सम्मितिल उक्त समुहले आयरल्याण्डमा विभिन्न कार्यक्रम आयोजना गरेर नेपालका विभिन्न क्ष्ँेत्रमा भौतिक पूर्वाधारहरु तयार पार्न सहयोग जुटाउने छ । समाजका महासचिव दिपेशमान शँक्यका अनुसार विदेशमा बस्ने नेपालीहरुको सानो सहयोगबाट नेपालका ग्रामिण भेगमा विद्यालय, स्वास्थ्य केन्द्र लगायतका आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहयोग पुर्याउन सकिने भएकाले समाजले आजैका दिन देखि च्यारिटी मार्फत त्यस्तो सहयोग नेपाल सम्म पुर्याउने बताउनु भयो ।

No comments: