Tuesday, May 27, 2008

बैठक साढे तीन बजे

काठमांडू - सहमतिका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सात दलको बैठक नसकिएपछि ११ बजे सुरु हुने भनिएको संविधानसभा बैठक साढे तीन बजे सरेको छ ।
संविधानसभाको पहिलो बैठक दिउँसो साढे तीन बजे हुने भएको छ । ११ बजे सुरु हुने बैठक साढे तीन बजे हुने भएपछि अन्तराष्ट्रिय सम्मेलन केन्द्र हलमा जम्मा भएका संविधानसभासद, कुटनीतिज्ञ र संचारकर्मी हल बाहिर निस्किएका छन् । राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे प्रधानमन्त्री निवास बालुवाटारमा सात दलको बैठक जारी रहेकाले संविधानसभा बैठक सारिएको माओवादी संविधानसभासद रामबहादुर थापा मगरले बताए ।

स्रोत: हिमालखबर डट कम

No comments: