Tuesday, May 27, 2008

काम खोज्न विदेश जान्न: दिलीप रायमाझी

आयरलैंडको समेत भ्रमण गरेका चलचित्र अभिनेता दिलीप रायमाझीसंगको छोटो कुराकानी:
नेपाली सिनेमा उद्योगमा कुशल अभिनय र नृत्यका लागि प्रशंसित नायक । पहिलो चलचित्र भानुभक्त र हाल एकसाथ विवश र पलपल चलचित्रको काममा व्यस्त । विशेष गरेर महिला मित्रहरूसँगको आत्मीयताका कराण विवादमा पनि पर्ने गर्छन् उनी । करिब तीन महिना लन्डन बसाइपछि उनी नेपाल फर्किएका छन्।
कहिले फर्कनुभयो?
– त्यस्तै दुई–तीन साता भयो।
तर, तपाईं त उतै बस्दै हुनुहुन्छ भन्ने हल्ला चल्यो नि यता त?
– यहाँ हल्ला चल्न कुन आइतबार कुर्नुपर्छ र! म आफ्नै श्रीमती लिएर लन्डन गएको थिएँ तर यहाँ त अर्कै केटी लिएर गयो भन्ने हल्ला चलाइएछ। यो खबर सुनेर म र मेरी श्रीमती दुवै हाँस्यौं।
श्रीमती लिएर जानुको कुनै कारण थियो कि?
– घुमाउन लैजानु भनेर निकै घुर्की देखाएर रिसाएझैं गर्न थालिन्, अनि यसो डुलाउन लगेको नि!

श्रीमतीको ठाउँमा अर्कै केटी लिएर जान पाएको भए अर्कै आनन्द आउँथ्यो होला नि होइन र? – घर भाँड्ने प्रश्न नगर्नुस् न यार !
दिलीपले लन्डनमै काम मिलाएकोले अब सपरिवार उतै बस्ने भए भन्ने चर्चा त्यसो भए निराधार नै ठहरियो होइन त?
– अवश्य ! एक त यहाँ थुपै सिनेमाको काम अड्किएको छ, निर्माताहरूलाई धोका दिनै सकिँदैन । र, अर्को कुरा काम गर्ने हो भने लन्डनभन्दा पनि राम्रो ठाउँमा गएर गर्न सकिन्छ । विदेश गएर काम गर्ने अवस्था आएको छैन ।
भनेपछि ढिलै भए पनि श्रीमतीसँग लन्डनमा हनिमुन मनाइयो?
– अब त्यै भन्नुपर्यो । घुमफिर त रमाइलैसँग गरियो तर लन्डन भन्ने सहर साह्रै महँगो रहेछ।

No comments: