Thursday, May 15, 2008

झलनाथ खनाल बने एमाले महासचिव

काठमाडौं- नेकपा एमालेको नयाँ महासचिवमा नेता झलनाथ खनाल नियुक्त हुनुभएको छ ।

निर्वतमान महासचिव माधवकुमार नेपालको प्रस्तावमा केन्द्रीय कमिटिको आजको वैठकले खनाललाइ नयाँ महासचिव चुनेको हो । बैशाख १५ गतेदेखि पार्टी केन्द्रीय कार्यालय वल्खुमा वसेको वैठकमा भावी नेतृत्व कसलाइ दिने भन्ने विषयमा विवाद भएपनि संविधानसभाका विजेता वनेका मध्ये सवैभन्दा वरिष्ठ नेता खनालले सो अवसर पाउनुभएको हो । खनाल यसअघि नेकपा मालेमा करिव ७ बर्ष महासचिव पदमा रहनुभएको थियो । खनाल नेतृत्वको केन्द्रीय कमिटिले आगामी मंसिरमा पार्टीको आठौं महाधिवेशन गर्ने जिम्मेवारी पाएको छ । यद्यपी पार्टीका अन्य योजनावारे आइतवारवाट शुरु हुने १९ औं वैठकले निर्णय गर्नेछ ।

No comments: