Wednesday, May 21, 2008

हत्याविरुद्ध आज उपत्यका बन्द

काठमाडौं- माओवादी जनसेना शिविरभित्रै हत्या गरिएका कोटेश्वरनिवासी व्यवसायी रामहरि श्रेष्ठको हत्याको विरोधमा आहवान गरिएको आज बुधबारको उपत्यका बन्दमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेमकिपा, मधेसी जनअधिकार फोरमलगायत दलले र्समर्थन गरेका छन् ।
श्रेष्ठको शव र्सार्वजनिक गर्नुपर्ने, घटनाका दोषीमाथि कडा कारबाही गर्नुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै उपत्यका बन्द आहवान गरिएको हो । कोटेश्वरका स्थानीय जनता सम्मिलित संर्घषा समितिको आहवानमा आयोजना गरिएको बन्द कार्यक्रमलाई नेपाली कांग्रेस, नेकपा (एमाले) र नेमकिपा, १ सय १ संघसंस्था, आठ विद्यार्थी संगठन र नागरिक समाजले समेत र्समर्थन जनँएका छन् ।
बन्द आहवानकर्ताले सम्पर्ण उद्योग, व्यवसाय, कलकारखाना, शिक्षण संस्था र यातायात बन्द गर्न अनुरोध गरेको छ।

No comments: