Monday, May 12, 2008

डिजेलको मूल्य बढ्‌यो

काठमांडू - नेपाल आयल निगमले डिजेलको मुल्यमा बृद्धि गरेको छ । बढाइएको मूल्यअनुसार डिजेलको मूल्य ६५ रुपैयाँ पुगेको छ । यो भन्दा पहिला उपभोक्ताले ५६ रुपैयाँ २५ पैसामा खरिद गर्दै आएका थिए ।

निगमले अहिले पाँचवटा पम्पलाई दोहोरो मूल्य अनुसार मूल्य निर्धारण गर्ने अनुमती दिएको छ । जसअनुसार थ्री बर्रदर्श नयाँ बानेश्वर, नारायण आयल कलङकी, तलेजु भवानी बालाजु, खड्का आयल स्टोर्स बाँसबारी र चुच्चेपाटी फ्युल सेन्टरलाई अनुमती दिइएको छ । नेपाल आयल निगमका महाप्रबन्धक दिगम्बर झाले भने र्सार्वजनिक भाडाका गाडीलाई अनुदानमार्फ् पुरानै मूल्य कायम गराउने बताए । तर उनले निगम घाटामा रहेकोले सरकारले अनुमती दिएमा डिजेलको मूल्य बढाइहाल्ने बताए । नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन र निगमले संयुक्त रूपमा पम्प सञ्चालन गरी उपभोक्ता मूल्य अनुसार डिजेल वितरण भइरहेको अवस्थामा निगमले फेरि ढुवानी भाडा र कमिसन शुल्क व्यवसायीले नै निर्धारण गर्न पाउने गरी निर्ण्र्ाागरिदिएको छ । पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष शिवप्रसाद घिमिरेले पनि सरकारले व्यवस्था गरिदिए बमोजिम नै दोहोरो मूल्यमा डिजेल बेच्न थालिएको जानकारी दिए ।

No comments: