Monday, May 26, 2008

संभावित मनोनित २६ मा को को ?

काठमांडू- संविधानसभा सदस्यको २६ मनोनित सिटमा पर्न अहिले चाकडी, चाप्लुसी र अवसरवादी बुद्धिजीवीहरु विभिन्न शक्तिकेन्द्र धाउन थालेको समाचार छ । मन्त्रीपरिषद्ले मनोनित गर्ने २६ सिटमा १६ सिटमा आदिवासी जनजाति, मुसलमान र अल्पसंख्यक जातिको प्रतिनिधित्व गर्न नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाले दबाब दिइरहेका छन् भने नेपाली कांग्रेसले संविधानविद र विभिन्न क्षेत्रमा रहेर राष्ट्रिय जीवनमा विशिष्ठ योगदान पुर्‍याएका व्यक्तिहरुको छनोट गर्न नाम संकलन गर्दै आएको बुझिएको छ । कांग्रेसले कानुनविद् तथा पूर्व महान्यायधिवक्ता महादेवप्रसाद यादव, संवैधानिक कानुनवेत्ता दिनेश त्रिपाठी, शेरबहादुर केसी, माधव बाँस्कोटा, श्रीहरि अर्याल, लक्ष्मण अर्याल, दमननाथ ढुंगाना, देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, पुरुषोत्तम दाहाल, चरण प्रसाई, जयप्रकाश गुप्ता 'मायालु', दुर्गा घिमिरे, ऋषी धमला, भूपति ढकाल, डा। चोपलाल भूषाल आदिको नाम सिफारिस भएको थाहा भएको छ । एमालेले जनजाति समुदायबाट प्रतिनिधि गराउने भएको छ भनेर माओवादीले राजावादी मण्डले रमेशनाथ पाण्डे, चित्रबहादुर गुरुङ, राजेन्द्रबहादुर सिंह, ओमबहादुर पुन, हरि रोक्का, डा। सुन्दरमणी दीक्षित, श्याम श्रेष्ठ, पदमरत्न तुलाधर, मल्ल के. सुन्दर, पशुपतिभक्त महर्जन, कुमार राजबहादुर सिंह, टंक ढकाल, दानबहादुर शाही, प्रभाकरशमसेर जबरा, प्रभु शमसेर, युवराजशमसेर जबरा आदिको नाम सिफारिश गरेको बताईन्छ ।

No comments: