Tuesday, May 27, 2008

राष्ट्रपति छुट्टै बनाउने सहमति

काठमांडू- संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको छुट्टाछुट्टै ब्यवस्था गर्ने नेपाली कांग्रेस र एमालेको प्रस्ताव माओवादीले स्विकारेपछि तीन दलबीच सहमति भएको छ ।

नेपाली कांग्रेस, एमाले र माओवादीबीच अन्तरिम संविधान संशोधन गरी संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको ब्यवस्था गर्ने सहमति भएको छ । जेठ १४ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलबीचको छलफलले यस्तो सहमति गरेको एमाले महासचिव झलनाथ खनालले बताए । खनालले सहमति हुन बाँकि बिषयमा तीन दलबीच आजै बेलुका छलफल हुने पनि जानकारी दिए । तीन दलको छलफलले जेठ १५ गते गणतन्त्र कार्यन्वयनको प्रस्ताव संविधानसभा सचिवालयमा मन्त्रीपरिषदले दर्ता गर्ने तथा १५ गते नै प्रस्ताव संविधानसभा बैठकमा पेस गरी पारित गर्ने सहमति पनि गरेको छ । गणतन्त्र कार्यन्वयनको मस्यौदा तयार पार्न तीन दलले हिजै खिमलाल देवकोटा, बिमलेन्द्र निधी र भीम रावल रहेको कार्यदललाई जिम्मा दिइसकेका छन् । एमाले महासचिव खनालले गणतन्त्र कार्यन्वयनको अवसरमा सबै कार्यलय तीन दिनका लागि बिदा गर्ने तीन दलबीच सहमति भएको पनि जानकारी दिए । उनका अनुसार, तीन दिने बिदा जेठ १५ गते सुरु हुनेछ ।
स्रोत: हिमालखबर डट कम

No comments: