Tuesday, May 13, 2008

धमाधम सिनेमा

काठमांडू- लाउलाउ र खाउखाउको उमेर थियो । सपना र चाहनाका चाङ थिए । यस्तोमा उनले थाहा पाइन् रगतमा एचआईभीका जीवाणु चलमलाउन थालेका छन् । कति कुरा थाहा पाएपछि दुख्छ । निर्मला शर्मालाई पनि दुख्यो । एचआईभी भएको पीरले उनी भित्रभित्रै गलिन् ।
नवलपरासीको सामान्य परिवारकी सामान्य महिलाको यो पीडा यतिञ्जेल गुपचुप थियो । तर अब पूरै देशलाई थाहा हुदैछ । नेपाली सिने उद्योगालई धन्यवाद । मनै चुडाउने उनै निर्मलाको दुःखले अब सिनेमाको आकार लिदैछ । डा. रामप्रसाद पौडेलले यो चलचित्र बनाउन लागेका हुन् । वैशाख ९ गते यसको शुभमुहरुत भयो । यतिखेर नवलपरासीमा यसको सुटिङ भइरहेको छ ।
'हामी निर्मलाको माइती, घर र उनले जीवन बिताएको ठाउ“मा सुटिङ गर्छ । निर्देशक राजु अधिकारीले शुभमुहर्ुतको समयमा भनेका थिए, 'यसको मुख्य पात्र चाहि निर्मला नै हुनेछिन् ।' यसको कथा पनि राजुले नै लेखेका हुन् । उनका अनुसार अन्य पात्र फरक भए पनि कथाचाहि साचो हो ।
सोही दिन अन्य पा“च सिनेमा सपना, भगवान सबैको, सिलसिला, कहा छौ कहा र आजको युवाको पनि शुभमुहर्त भएको थियो । वर्षा आधा दर्जन चलचित्र पनि नबनेको नेपाली चलचित्रको इतिहासमा एकै दिन यतिका सिनेमाको साइत जुरेको यो नै पहिलो अवसर हो । नया वर्षो पहिलो महिना सिने जगत्का लागि आसलाग्दो बनेर देखा परेको छ । दीपक परिकोटीको निर्दशनमा बन्न लागेको धमाकाको शुभमुहुत पनि यसै साता भयो । सेनाद्वारा बलात्कारपछि मारिएकी काभ्रेकी किशोरी मैना सुनुवारमाथि बन्न लागेको चलचित्रको छाया“कन पनि लोकतन्त्र दिवसका दिन वैशाख ११ गते सुरु भएको हो ।

नया“ सिनेमाले चल्तीका कलाकारको व्यस्तता पनि निकै बढाइदिएको छ । पहिलेदेखि नै बेफुसदिला राजेश हमाल धमाका, भगवान सबैको र सपनामा एकै साथ काम गर्दैछन् । रेखा थापा भगवान सबैको, आजको युवा र कहा छौ कहामा अनुबन्धित भएकी छन् भने विराज भट्ट कहा छौ कहा र सिलसिलामा ।
'एकै महिना यतिका चलचित्र कमै बन्छन्' निर्माता संघका अध्यक्ष अशोक शर्मा भन्छन्- 'यो राम्रो कुरा हो ।' देशमा शान्ति भएपछि चलचित्रको भविष्य उज्यालो हु“दै जन थालेको उनी बताउ“छन् ।

No comments: