Wednesday, May 21, 2008

कांग्रेस, एमाले र फोरम छलफल गर्दै

काठमांडू- नेपाली कांग्रेस, एमाले र फोरमका नेताहरु समसामयीक राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएका छन् । 
संविधानसभाको पहिलो बैठक, सरकार गठनलगायत समसामयीक राजनीतिक प्रश्नबारे नेपाली कांग्रेस, एमाले र फोरमका नेताहरुबीच छलफल सुरु भएको छ । जेठ ८ गते दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सुरु छलफलमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, उपसभापति तथा मन्त्री रामचन्द्र पौडेल र केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजाल सहभागी छन् । यसैगरी छलफलमा एमाले महासचिव झलनाथ खनाल, स्थायी समिति सदस्यहरु अमृतकुमार बोहोरा र भरतमोहन अधिकारी उपस्थित छन् । छलफलमा मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको पनि उपस्थिति छ ।
स्रोत: हिमालखबर डट कम

No comments: