Saturday, May 17, 2008

यातायात बन्द फिर्ता

काठमांडू- सवारी दुघटनामा परेर मृत्यु हुने व्यक्तिको क्षतिपूतिलगायतको विषयलाई लिएर विगत चारदिनदेखि सञ्चालित पूवाञ्चलको यातायात बन्द शुक्रबार साँझबाट फिर्ता भएको छ ।
शुक्रबार सरोकारवाला मन्त्रालय र यातायात व्यवसायी, मजदुर प्रतिनिधिहरूबीच भएको सात घण्टा लामो छलफलपछि व्यवसायीले बन्द फिर्ता लिएका हुन् । छलफलको क्रममा सरकार र व्यवसायीबीच सातबुँदे सहमति भएको छ ।
श्रम तथा यातायात मन्त्रालयमा भएको वार्तामा गृहमन्त्री कृष्णप्रसाद सिटौला, सचिव उमेशप्रसाद मैनाली, श्रम तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक, सचिव श्यामप्रसाद मैनाली, अर्थ मन्त्रालयका सचिव विद्याधर मल्लिक र यातायात व्यवसायी राष्ट्रिय महासंघको तर्फाट अध्यक्ष दिनेश भण्डारीलगायत एक दर्जन व्यवसायी एवम् तीनवटै ट्रेड युनियनको सहभागिता थियो ।
वार्तामा सवारी दुघटना पर्दा पीडितले पाउने क्षतिपूर्तिको विषयमा पुनरावलोकन गरेर १५ दिनभित्र सुझाव पेस गर्न अर्थ मन्त्रालयका सचिव विमलप्रसाद वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ ।

No comments: