Saturday, May 10, 2008

घरफिर्ती जेलमा ८ सय नेपाली

दोहा- कतार सरकारको गृह मन्त्रालयअर्न्तर्गत प्रहरी प्रशासनको आपराधिक गतिविधि अनुसन्धान केन्द्रमा अहिले ८ सय ३० नेपाली थुनामा रहेका छन् ।
घरफिर्ती जेलका रूपमा चिनिने केन्द्रमा गत बिहीबार नेपाली दूतावासका सहचरी प्रेम बरालसहितको टोलीले गरेको स्थलगत भ्रमणमा उक्त संख्या थाहा भएको हो । सहचरी बरालका अनुसार थुनामा रहेकामध्ये अधिकांश भागेर काम गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । त्यसमध्ये केही भने ८ महिनादेखि थुनामा रहेका छन् । पछिल्लो समयमा भने घरफिर्ती टिकट बुझाउन सक्ने श्रमिकलाई थुनामा राख्ने गरिएको छैन । दूतावासले महिनाको दुई पटक घरफिर्ती जेलमा भ्रमण गर्ने गरेको छ ।

No comments: