Tuesday, May 20, 2008

दाङ दुर्घटनामा मर्नेको संख्या ४२

दाङमा हिजो भएको यात्रुवस दुर्घटनामा परी मर्नेको संख्या अहिलेसम्म ४२ पुगेको छ । साँझ ६ बजेसम्म उद्दारकर्मीले ४२ जनाको शव नदीवाट निकालेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा ३२ पुरुष र १० महिला रहेका छन् । मृतकको संख्या वढ्दै गएपछि जिल्ला प्रशासनले शवको पोष्टमार्टम घटनास्थलम गर्न शुरु गरेको छ । सनाखत भएका शवलाइ आफन्तको जिम्मा लाउनेक्रम जारी रहेको छ । कपिलवस्तुको कृष्णनगरवाट प्यूठानको दम्ती जाँदै गरेको यात्रुवस दाङको लालमटियावाट राप्ती नदीमा सखेको थियो । हिजो र आज दिनभरी समेत सुरक्षाकर्मी उद्दारमा सक्रिय रहेका छन् ।

No comments: