Tuesday, May 27, 2008

पुस्तकको अभावमा आजदेखि विद्यालय वन्द

काठमांडू- विद्यार्थीहरुलाइ पुस्तक उपलब्ध गराउन नसकेपछि शिक्षा मन्त्रालयले आजदेखि जेठ २८ गतेसम्मका लागि सामुदायिक विद्यालयहरु वन्द गर्ने निर्णय गरेको छ । पढाइ शुरु भएको तीन महिनासम्म पनि पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा विभिन्न स्थानमा विद्यार्थीहरुले निरन्तर प्रदर्शन गरेका थिए । प्रदर्शनलाइ रोक्न नसकेपछि सरकारले विद्यालय वन्दको उपाय अपनाएको हो । पुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्रले समयमै पुस्तक उपलब्ध गराउन नसकेपछि जटिल स्थिति सिर्जना भएको हो । केन्द्रले संविधानसभा मतपत्र छाप्नुपरेकाले किताव छाप्न नसकिएको वताउँदै आएको छ ।

No comments: