Tuesday, December 25, 2007

जावलाखेलमा क्रिसमसको रमझम

काठमाडौँ-येशु ख्रिस्टको जन्मोत्सवको अवसरमा आज विश्वभर क्रिस्चियनले विविध कार्यक्रम आयोजना गरी येशुको सम्झना गरिरहेका छन् । राजधानीको ठमेललगायत सहरमा क्रिस्मस पर्व हर्ष उल्लासपूवक मनाइँदैछ । क्रिसमसको उपलक्ष्यमा पाटन चर्चद्वारा जावलाखेल सेन्ट जेभियर्स स्कुल ग्राउन्डमा भव्य साँस्कृतिक कार्यक्रम तथा बाइबल पाठ समारोहको आयोजना गरिएको छ । त्यस्तै आज नेपाली चर्च मूलकमिटी क्रिस्चियन महोत्सव समारोह समितिद्वारा अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रमा बृहत् कार्यक्रमको आयोजना गरिँदैछ। नेकपा -माओवादी)का अध्यक्ष प्रचण्ड, एमालेका महासचिव माधवकुमार नेपाल र सभामुख सुवास नेम्वाङलगायत नेता सो कार्यक्रममा उपस्थित हुने संयोजक तेजमान तामाङले जानकारी गराउनुभएको छ ।

No comments: