Monday, December 31, 2007

ड्राईवर नै पाकेटमार भयेपछि ...

काठमाडौँ - राजधानीका व्यस्त सडकमा गुड्ने भाडाका सवारीसाधन चलाउने चालक र खलासी नै पाकेटमार छन् भन्ने सुन्दा अचम्म लाग्नसक्छ तर कुरा सत्य हो । कलङ्कीबाट रत्नपार्क र कोटेश्वर चल्ने नीलो माइक्रोका चालक र खलासीले यात्रुको पाकेट मारेको उजुरी प्रहरीलाई पटक-पटक पर्ने गरेको छ ।
बिहान मात्र कलङ्कीबाट नीलो माइक्रोमा जाँदै गरेका यात्रुको टेकूमा चालकले नै पाकेट मारेपछि विवाद चर्केको छ । यसअघि अस्ति कलङ्कीबाट कोटेश्वर जाँदै गरेको बा.१ज ६२४७ नं.को माइक्रोका चालकले अगाडि बस्ने यात्रुको पाकेट मारेपछि सिंहदरबार प्रहरीले माइक्रो र चालक, खलासीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे छानबिन भइरहेको जनाएको छ । यसैबीच राजधानीमा चल्ने नीलो माइक्रोका चालक, खलासीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै आज उनीहरूले गाडी बन्द गरेका छन् । नीलो माइक्रोवालाले बिहान कलङ्कीमा सडकजामसमेत गरेका थिए । जसका कारण केहीबेर कलङ्की क्षेत्रको यातायात अवरुद्ध बन्यो । आज कोटेश्वर, कलङ्की र सुन्धारालगायतका क्षेत्रमा चल्ने नीलो माइक्रो बन्द गरिएका कारण अन्य सवारीसाधनमा चाप बढेको छ ।

No comments: