Thursday, December 27, 2007

टौदहमा बढे पर्यटक

काठमाडौं- ऐतिहासिक 'टौदह पोखरी' मा भ्रमणमा आउने आन्तरिक र विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । कान्तिपुरले आज प्रकाशित गरेको एक समाचारमा जनाईये अनुसार केही समयअघि मेला पर्वमा मात्र मान्छे पुग्ने यो पोखरीमा अचेल दिनहु ५०/६० पर्यटक आउने गरेको छन । टौदह समितिका कर्मचारी महेश्वर कार्की का अनुसार पोखरी संरक्षणका लागि अभियान चलाएपछि यो स्थलमा र्सवसाधारणको आकर्षा बढ्न थालेका हो । पर्यटकको संख्या बढ्न थालेपछि स्थानीय टौदह युवा समाजले बस्नका लागि छाप्राहरू निर्माण थालेको छ । पोखरी क्षेत्रभित्रै आधुनिक रिसोर्टको समेत निर्माण गरिएको समाजले जानकारी दिएको छ ।

यो पोखरीमा महिनामा करिब ७०/८० को हाराहारीमा विदेशी पर्यटक आउने गर्छन् । पर्यटक वृद्धि हुनाले टौदह क्षेत्रमा व्यवसायको रूपमा रिसोर्ट, क्यफे र कटेजहरू बनाउने क्रम बढेको छ । यो स्थलमा पिकनिक खान आउने र फिल्म, म्युजिक भिडियो सुटिङ गर्नेहरूको संख्या पनि बढेको छ ।
तीन वर्षेखि टौदह परिसरमा व्यवसाय अ“गालेर बसेकी सीता बा“स्कोटा भन्छिन्- 'जाडोमा त होइन गर्मीमा भने यहा“ गरेको व्यवसायले हामीलाई खान पुग्छ ।' त्यहा“ व्यापार गरेवापत उनीहरूले टौदह समितिलाई महिनाको १० रुपैया“ बुझाउनुर्ुर्पेछ । माछा र चराचुरुंगी धेरै भएकाले यसका सौखिनहरू नियमित पोखरीमा आउने गर्छन् । पोखरीमा माछालाई चारो दि“दै गरेका टौदह निवासी प्रल्हाद केसी भन्छन्- 'माछा र हा“सलाई चारो हाली समय बिताउनुमा अर्कै मज्जा हुन्छ ।' स्थानीय टौदह युवा क्लब र टौदह समितिले माछा र चराचुरुंगी मार्न निषेध गरेको छ । पोखरीमा विभिन्न जातका माछाहरू बढ्दै गएका छन् भने जाडो याममा प्रत्येक वर्षउक्त स्थानमा साइबेरियालगायतका मुलुकबाट 'जलेवा' र 'चलेवा' चराहरू आउ“छन् ।

No comments: