Thursday, December 27, 2007

बारामा एक करोडभन्दा बढी लुटपाट

काठमाडौँ- बाराको भवानीपुरस्थित पशुपति उद्योगमा गएराति लुटेराको समूहले एक करोडभन्दा बढीको लुटपाट गरेको छ । ट्रक लिएर हातहतियारसहित ५०/६० जनाको समूहमा आएका लुटेराले त्यहाँ रहेका सुरक्षाकर्मी र कर्मचारीलाई कोठामा थुनी लुटपाट गरेका थिए । लुटपाट गर्नुअघि उनीहरूले त्यहाँको सम्पूण् टेलिफोन लाइन काट्नुका साथै सुरक्षागार्ड र कर्मचारीसँग भएको मोबाइल फोन र पैसासमेत लिएका थिए । पौने २ बजेदेखि ३ बजेसम्म निर्धक्क लुटपाट गर्दासमेत प्रहरी बेखबर बनेको थियो । उद्योगमा रहेको कच्चापदार्थ र तयारी माल सबै लुटेर उनीहरूले ट्रकमा हाली लिएर गएका थिए । भवनमा अरू कुनै क्षति नभए पनि एक कर्मचारी गम्भीर घाइते भएको बताइएको छ । २३ देखि २४ टन तामा, पित्तलका तयारी रड र ब्रासको बेड सबै लुटेर लगेको उद्योगका सञ्चालक राम श्रेष्ठले बताएका छन् । जसको बजारमूल्य एक करोड ३८ लाख रुपियाँ बराबर पर्ने सञ्चालक श्रेष्ठको भनाइ छ । लुटेरा सबैले कालो मास्क लगाएर आएका भए पनि उनीहरू तर्राई मूलकै र पहाडियाजस्ता पनि देखिने सुरक्षागार्डले सूचना दिएका छन् ।

No comments: