Sunday, December 30, 2007

मौसम खराबीका कारण सबै उडान रद्द

काठमाडौँ- मौसमको खराबीका कारण अन्तर्राष्ट्रिय विमानस्थलमा आज कुनै पनि उडान हुन सकेका छैनन् । आज बिहानैदेखि विमानस्थलका बाहृय तथा आन्तरिक उडान हुन नसकेको हो । बाक्लो हुस्सुका कारण देशकै विभिन्न भागमा पनि उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।
यसअघि पनि पटकपटक हुस्सुका कारण आन्तरिक तथा बाहृय उडान बिहानको समयमा स्थगित हुँदै आएका थिए । पछिल्ला दिनहरूमा उपत्यकामा बिहान हुस्सु बाक्लिँदै गएको छ ।

No comments: