Tuesday, December 25, 2007

पम्प खुले पेट्रोल छैन

काठमाडौँ- नेपाल आयल निगमले पर्याप्त पेट्रोलियम पदार्थ नदिएको भन्दै विरोधमा उत्रिएको पेट्रोलियम डिलर एसोसिएसनले आन्दोलन फिर्ता लिए पनि पेट्रोल नभएका कारण आज राजधानीका अधिकांश पम्प बन्द छन् । सरकार र एसोसिएसनबीच गएराति १३ बुँदे सम्झौता कार्यान्वयन गर्ने सहमति भएपछि एसोसिएसनले आजदेखि पम्प बन्द गर्ने निर्णय फिर्ता लिएको छ । राजधानीमा पेट्रोल र डिजेलको अभाव बढेपछि बिहानैदेखि सयौँ गाडी पम्पमा थुप्रिने क्रम आज पनि जारी छ । हिजोको वार्तामा एक महिनाभित्र मागबमोजिमको पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सहमति भए पनि तत्काललाई भने हाहाकार यथावत् रहने सङ्केत देखिएको छ । निजी पम्प बन्द रहे पनि सरकारी पम्पले भने आज थोरै मात्र तेल वितरण गरिरहेका छन् ।

No comments: