Sunday, December 30, 2007

सुनचाँदी व्यवसायीको आन्दोलन

काठमाडौँ- सुनचाँदी व्यवसायी सप्तराज शाक्यको हत्याको विरोधमा नेपाल सुनचाँदी व्यवसायी सङ्घले आन्दोलन सुरु गरेको छ ।
आन्दोलनको कार्यक्रम अनुसार सङ्घले आज उपत्यकाभरी नै सङ्घमा आवद्ध सबै सुनचाँदी पसल बन्द गरेको छ । सुरक्षाको माग गर्दै सङ्घले आजै गृह र प्रहरी प्रशासनमा ज्ञापनपत्र बुझाउने सङ्घका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । शुक्रबार दिउँसो भीमसेनस्थानका व्यापारी शाक्यलाई गोली हानी हत्या गरेको थियो । शृङ्खलाबद्धरूपमा हत्या हिंसा बढिरहँदा पनि प्रशासनले त्यस्ता घटनामा कमी ल्याउन नसकेको भन्दै सङ्घ आन्दोलनमा उत्रिएको हो ।

No comments: