Sunday, December 30, 2007

अमेरिकी भिसा शुल्क वृद्धि

काठमाडौं - संयुक्त राज्य अमेरिकाले आप्रवासी भिसाको आवेदन शुल्क २००८ को जनवरी १ तारिखदेखि वृद्धि गरी ३५५ अमेरिकी डलर (रु. २२ हजार ४ सय ६५) पुर्‍याएको छ । दूतावासद्वारा डिसेम्बर ३० मा जारी विज्ञप्तिका अनुसार आप्रवासी भिसा प्रक्रियामा लाग्ने खर्च पूर्तिका लागि २० डलर अर्थात करिब रु. एक हजार २६५ वृद्धि गरिएको हो । जनवरी १ भन्दा अगाडि साविकको ३ सय ५५ डलर आवेदन शुल्क बुझाएका आवेदकहरूको अन्तरवार्ता जनवरी १ भन्दापछि भए पनि थप २० डलर बुझाउन नपर्ने दूतावासले जनाएको छ ।

स्रोत : रासस

No comments: