Saturday, December 29, 2007

नेपालमा सरकारी विदा थपियो

काठमांडू - गत वर्षफागुन १४ गते नेपाल राजपत्र खण्ड ५६ सङ्ख्या ४३ मा प्रकाशित सूचनाअनुसार विभिन्न पर्वविदाको व्यवस्था भएकामा सरकारको निर्णयानुसार विभिन्न थप विदाको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ । सो अनुसार नेपाल राज्यभर तथा विदेशस्थित नेपाली नियोगमा गुरुङ(तमु) जातिले मनाउने ल्होसार पर्व पुस १५ गते र तामाङ सेर्पालगायत अन्य जातिले मनाउने ल्होसार(माघ शुक्ल प्रतिपदा) माघ २५ गते, क्रिसमस डे डिसेम्बर २५ तारिख, इ-इदुल-फित्र)का दिन, माघी पर्व माघ १ गते, छठ पर्व , राइ लिम्बु जातिको उधौली (धान्य पूर्णिमा) र उभौली (वैशाख पूर्णिमा) तथा सिरुवा पावनी पर्व -सो पर्व मनाउने तर्राईका जिल्लामा मात्र)छन् ।
स्रोत : रासस

No comments: