Saturday, December 29, 2007

विस्थापितलाई घर फर्काइने

काठमाडौँ- नेकपा माओवादी रुकुमले विस्थापितलाई घर फर्काउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्जको आयोजनामा रुकुमको सदरमुकाम खलङ्गामा भएको अन्तक्रिर्या कार्यक्रममा नेकपा माओवादी रुकुमका जिल्लास्तरीय नेताले सो कुरा बताएका हुन् ।

विस्थापित पुनर्स्थापित हुने अधिकार ? विषयक अन्तक्रिर्या कार्यक्रममा नेकपा माओवादीका जिल्ला कमिटी सदस्य देवीलाल गौतमले साँच्चिकै विस्थापितलाई केलाएर मात्र विस्थापितसम्बन्धी कार्यक्रममा राख्नुपर्ने कुरा बताए । कार्यक्रममा नेता गौतमले विस्थापितको नाममा सदरमुकाममा घर जमाएर बसेकालाई आफ्नु पार्टी विस्थापित नभन्ने बताउँदै केही थोरै मात्रामा रहेका साँच्चिकैका विस्थापितलाई पुनर्स्थापित गर्न आफूहरू तयार रहेको कुरा बताए । त्यसका लागि आफनो पार्टी लिखित प्रतिबद्धता पत्र चाहिने भए दिन तयार रहेको कुरा व्यक्त गरे ।

No comments: