Monday, December 31, 2007

मोबाइल पसलमा आगलागी हुंदा लाखौको क्षति

काठमाडौँ- नयाँबजारस्थित मोबाइल पसलमा आज बिहान अचानक आगलागी हुँदा १० लाखभन्दा बढीको सामान जलेर नष्ट भएको छ । बिहान ६ बजे सन्तोष लामिछानेको मोबाइल पसलमा इलेक्ट्रिक र्सट भई अचानक आगलागी हुँदा विष्णुदेवी मानन्धरको दुई तल्ले घरको तल्लो तलामा रहेको किराना पसल पूर्ण रूपमा जलेर ध्वस्त भएको छ ।
महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेका अर्सइ भुषण श्रेष्ठले दिएको जानकारीअनुसार मोबाइल पसलमा लागेको आगो किराना पसलमा पनि सल्किँदा दुवै पसल जलेर क्षतिग्रस्त भएका हुन् । आगलागी सशस्त्र प्रहरी, जनपथ प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा चाँडै नियन्त्रणमा लिइएको थियो । जसका कारण मानवीय क्षति भने हुन पाएन।

No comments: