Sunday, December 30, 2007

मंत्री-मंडलको बिस्तार आज

काठमाडौँ-प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीद्वारा सिफारिस गरिएका सात मन्त्रीलाई मन्त्रिमण्डलमा सामेल गरी आजै शपथग्रहण गराउनुहुने सम्भावना छ। विशेषगरी माओवादीले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको राज्यमन्त्री र गृह राज्यमन्त्रीको दाबी गरेपछि प्रम कोइराला अप्ठ्यारोमा पर्नुभएको बताइएको छ।
प्रधानमन्त्री कोइरालाले नेपाली काङ्ग्रेसका केही मन्त्रीको पनि फेरबदल गर्ने तयारी गर्नुभएकाले पुनर्गठनमा विवाद देखिएको स्रोतले बताएको छ। यसैबीच आज बिहान बालुवाटारमा अन्तरिम मन्त्रिपरिषद्को बैठक बसेको थियो। बैठकमा संविधानसभा निर्वाचनको मिति घोषणा, मधेसको समस्या र माओवादीलाई सरकारमा सहभागी गराउनेलगायतका विषयमा छलफल भएको बताइएको छ। त्यस्तै भारतको राजदूतबाट पदमुक्त गरिएकी सुश्री शैलजा आचार्यको ठाउँमा दुर्गेशमान सिंहलाई राजदूत नियुक्त गर्नेबारे पनि छलफल भएको स्रोतले बताएको छ।आजको बैठक विशेषगरी मन्त्रिमण्डललाई पूण्ाता दिने विषयमै बढी केन्द्रित रहेको थियो। बिहान ८ बजेदेखि सुरु भएको मन्त्रिपरिषद्को बैठक ९ः३० बजेतिर टुङ्गिएको थियो। बैठक सकेर बाहिर निस्किएका मन्त्रीले पत्रकारसामु केही बोल्न चाहेनन्।

No comments: