Sunday, December 30, 2007

राजमार्ग नखुल्दा हजारौँ यात्रु अलपत्र

काठमाडौँ - आज बिहानदेखि बन्द रहेको पृथ्वी राजमार्ग अहिलेसम्म पनि खुल्न नसकेपछि हजारौँ यात्रुहरु अलपत्र परेका छन् । बाटो नखुलेपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौँ आउने र बाहिरिने यात्रुहरु धादिङको मलेखुमा अलपत्र परेका हुन् ।
मङ्सिर २० गते ट्रकको ठक्करबाट ज्यान गुमाएका धादिङ बेनीघाटका दीपक सिलवालको परिवारलाई १३ दिनभित्र क्षतिपर्ूर्ति उपलब्ध गराउने र्सवपक्षीय सहमति कार्यान्वयन नभएको भन्दै सिलवालका आफन्तहरुले मलेखुमा बाटो बन्द गराएका हुन् ।
काठमाडौँबाट चितवनतिर जाँदै गरेको ना ३ ख ३७४० नम्बरको ट्रकले मलेखुमा ठक्कर दिँदा सिलवालको मृत्यु भएको थियो । घटनापछि स्थानीय बासिन्दाहरुले १८ घण्टा राजमार्ग अवरुद्ध गरेपछि उनीहरुसहित प्रशासन र पीडित पक्षबीच १३ दिनभित्र क्षतिपर्ूर्ति दिने र चालकलाई सवारी ऐनअनुसार कारबाही गर्ने सहमति भएको थियो।

No comments: