Tuesday, December 25, 2007

कालीमाटीमा डकैती

काठमाडौँ-कामपा-१३ कालीमाटी निवासी चैत्रनारायण महर्जनको घरबाट आज बिहान लुटेराले ८० हजार रुपियाँ र दर्ुइथान मोबाइल लुटी लगेका छन् । आज बिहान २ः३० बजे नकाब लगाएर आएका चार/पाँच हतियारधारी लुटेराले महर्जनको घरका परिवारलाई नियन्त्रणमा लिई ८० हजार रुपियाँ लुटेका हुन्।लुटेराले महर्जनको घरमा डेरागरी बस्ने चिरन पौडेल र विजय चौधरीको साथबाट एक-एकथान मोबाइल फोन थुतेर भागेको प्रहरीले जनाएको छ । यसैबीच प्रहरीले गएराति राजधानीमा मादकपदार्थ सेवन गरी होहल्ला गर्ने र र्सार्वजनिक स्थल एवम् होटेलमा झगडा गर्ने ४६ युवालाई पक्राउ गरिएको जनाएको छ ।

No comments: