Thursday, December 27, 2007

मूल्यवृद्धिविरुद्ध प्रदर्शन

काठमाडौँ- पेट्रोलमा मूल्यवृद्धि गरेको विरोधमा आज बिहानै प्रदर्शनीमार्गमा प्रदर्शन भएको छ । मानविकी क्याम्पसका विद्यार्थी मूलसडकमा आई प्रदर्शनमा उत्रिएपछि त्यस क्षेत्रमा बिहान केहीबेर सवारी आवागमन अवरुद्ध बनेको थियो । टायर बालेर गरिएको प्रदर्शनमा विद्यार्थीले सरकार विरोधी नारा लगाउँदै पेट्रोलको मूल्य घटाउन मागसमेत गरेका थिए । सरकारले ७३ रुपियाँ ५० पैसाबाट पेट्रोलको मूल्य आजदेखि लागू हुनेगरी ८० रुपियाँ पुर्याएको छ । गत कात्तिक ७ गते पेट्रोलियम पदार्थको अभाव भएपछि सरकारले मूल्यवृद्धि गरेको थियो । अन्तर्राष्ट्रिय मूल्यअनुसार स्थानीय मूल्य बराबर गर्न अझै मूल्यवृद्धि गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय मूल्यअनुसार अहिले प्रतिब्यारेल एक सय रुपियाँ पर्दछ ।

No comments: