Wednesday, December 26, 2007

नेपाली कामदारस“गै खाडीका विमान कम्पनी बढे

काठमाडौं- पर्यटकको आकर्षा र काम गर्न जाने नेपालीको संख्या बढ्ने क्रमस“गैैै खाडी मुलुकका विमान कम्पनीको आकर्षा बढेको छ । नया“ कम्पनीले आउने र सेवारत कम्पनीले उडान थप्ने तयारी गरिरहेका छन् ।
मध्यपर्ूवको केन्द्र मानिनेे संयुक्त अरब इमिरेट्स -यर्ूर्एइ) को निजी विमान कम्पनी आरएक्यूले उडानका लागि आवेदन दिएको हो । यर्ूर्एइकै सेवारत इतियाद र एयर अरेवियाले पनि थप उडानकोे योजना बनाएको बताए । खाडीकै कतार एयरवेजले उडान बढाउने तयारी गरको छ भने गल्फले ठूला जहाजबाट उडान गर्न थालेको छ ।
सातामा १० वटा उडानको अनुमति माग्दै आरएक्यूले आवेदन दिएको छ, संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले कान्तिपुरलाई भने । तर विद्यमान हवाई सेवा सम्झौताका कारण अनुमति दिनसक्ने अवस्थामा नभएको उनले बताए । आरएक्यूले सेवा सुरु गरे नेपालमा उडान गर्ने यर्ूर्एइको योे तेस्रो विमान कम्पनी हुनेछ भने खाडी क्ष्ँेत्रको पा“चौं कम्पनी बन्ने छ । गल्फ एयर र कतार एयरले पनि दैनिक उडान गर्दै आएका छन् ।
मध्यपर्ूवको केन्द्रविन्दु मानिने यर्ूर्एइमा मात्र १ लाख ५० हजार नेपाली छन् । खाडी क्ष्ँेत्रमा करिब १० लाख नेपाली काम गरिरहेको अनुमान छ । सबैभन्दा धेेरै साउदी अरबमा ३ लाख ५० हजार छने भनेे कतारमा २ लाखभन्दा बढी नेपाली छन् । बहराइन र कुवेत अरू गन्तव्य हुन् ।
source: kantipur daily

No comments: