Sunday, December 30, 2007

सुप्रिया भईंन मिस नेवा: २००७


काठमांडू - नेवारी समुदायका युवतीहरूमाझ आयोजना गरिँदै आएको तेस्रो मिस नेवाको ताज सुप्रिया तुलाधरले पहिरिएकी छन्। मुख्य उपाधिका साथै सुप्रियाले ३१ हजार नगद पुरस्कारसमेत थापेकी छन्। उनलाई कार्यक्रममा मिस नेवा २००६ सविता प्रधानले ताज पहिर्याएकी थिइन्।
सेन्टमेरिज कलेजमा अध्ययनरत १८ वर्षीया सुप्रियाको लक्ष्य सञ्चारकर्मी बन्ने रहेको छ। मिस नेवाको उपाधि जित्ने दृढ विश्वास लिएकी लाजिम्पाटनिवासी सुप्रियाको रुचिमा भने बास्केटबल र संगीत रहेका छन्। फस्ट रनरअप विजेता श्रद्धा श्रेष्ठलाई १३ हजार र सेकेन्ड रनरअप विजेता वन्दना तण्डुकारलाई ७ हजार नगद पुरस्कार प्रदान गरिएको थियो। साथै मिस ट्यालेन्टको उपाधि जित्न सफल तोइसा राजकणिर्कारलाई समेत ५ हजार नगद पुरस्कार दिइएको थियो।

No comments: