Sunday, December 30, 2007

मलेखुमा राजमार्ग अवरुद्ध

काठमाडौँ- दुघटनामा मारिएका पीडितका परिवारलाई क्षतिपूर्ति नदिएको भन्दै धादिङ मलेखुका स्थानीय बासिन्दाले आज बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध तुल्याएका छन् । गत मङ्सिर २० गते ट्रकको ठक्करबाट मारिएका दीपक सिल्वालका परिवारलाई क्षतिपूर्ति नदिएकोमा विरोध गर्दै राजमार्ग अवरुद्ध तुल्याइएको छ ।
ना.३ख ३७४० नम्बरको ट्रकको ठक्करबाट मारिएका दीपकका परिवारलाई सम्झौताबमोजिमको क्षतिपर्ूर्ति रकम नदिइएको र ट्रक चालकमाथि कडा कारबाही नगरिएकोमा आक्रोशित हुँदै मलेखुका स्थानीय बासिन्दाले बिहान ७ बजेदेखि सडक अवरुद्ध तुल्याएका छन्। अवरोधका कारण मलेखुमा सयौँ गाडी अलपत्र हुँदा हजारौँ यात्रुको बिचल्ली भएको छ।

No comments: