Saturday, December 29, 2007

अलकायदाद्वारा बेनजिर भुट्टोको हत्या

काठमाडौँ- पाकिस्तानी पूर्व प्रधानमंत्री बेनेजिर भुट्टोको हत्याको जिम्मा अलकायदाले लिएको विभिन्न एजेन्सीले बताएका छन् । पाकिस्तानी मुस्लिम कट्टरवादी संस्था लस्कर ए जहाँग्वीको मद्दतबाट अलकायदाले हत्या गरेको खुलासा भएको छ ।
पत्रकारलाई मुस्तफा अबु अल माजिद नामको एक व्यक्तिले हत्याको जिम्मेवारी अलकायदाले लिएको बताएपछि सो खुलासा भएको हो । गत अक्टोबर १८ मा भुट्टो निर्वासनबाट र्फर्केदेखि नै हत्याको योजना बनेको पनि सो सङ्गठनले बताएको छ । उनी र्फर्केलगत्तै कराँचीमा भुट्टोलाई लक्षित गर्दै गत अक्टोवरमै आत्मघाती हमला भए पनि भुट्टो त्यस घटनामा बँच्न सफल भएकी थिइन् । उनी बँचे पनि त्यस घटनामा उनका पार्टी कायकर्तासहित एक सय ३४ को मृत्यु भएको थियो । अमेरिकी विरोधी सङ्गठनका रूपमा चिनिएको अलकायदाले भुट्टो अमेरिकासँग नजिकिएको सम्बन्धकै कारण हत्या गरिएको खुलासा गरेको छ । हत्याका कारण हिजो रातभर र आज बिहान पाकिस्तानका मुख्य सहर पूरै अशान्त बनेका छन् । पाकिस्तानी पिपुल्स पार्टी कार्यकर्ताले कराँची रावलपिन्डीलगायतका सहरमा बिहानैदेखि आगजनी, तोडफोड भएपछि त्यहाँ पूरै त्रास फैलिएको छ । बिहानसम्म झडपमा दर्जनौँको मृत्यु भइसकेको बताइएको छ ।

No comments: