Sunday, December 30, 2007

वैदेशिक रोजगारमा सम्झौता फरक

काठमाडौं- कान्तिपुरले आइतबार प्रकाशित गरेको एक समाचारमा बैदेसिक रोजगारीको लागि खाडी मुलुक जाने नेपाली कामदारहरुको पछिल्लो अबस्थाका बारेमा उल्लेख गरिएको छ, समाचारमा लेखियेको छ- वैदेशिक रोजगारमा लाने कम्पनी र म्यानपावर दलालीका कारण पारिश्रमिक घट्न थालेपछि खाडी मुलुकमा जाने नेपाली कामदार समस्यामा पर्न थालेका छन् ।
ती कम्पनीले भिसा आउनुअघि बढी तलब सुविधामा र भिसा आइसकेपछि कम तलब सुविधामा सम्झौता गर्न लगाउने गरेको पाइएको छ । इसीएस म्यानपावर मार्फ साउदी अरबको एलिसा कम्पनीमा पुगेका एक सयभन्दा बढी कामदारले नेपालमा एउटा र साउदी अरबमा अर्को सम्झौता गर्न लगाएर आफूहरूलाई मर्कामा पारेको बताए । उनीहरूलाई नेपालमा गरिएको सम्झौतामा मासिक ५ सय ५० रियाल र निःशुल्क खाना दिने भनिएको थियो । साउदी अरब पुगेर मासिक ४ सय तलब पाउने र खानाका लागि १ सय ५० रियाल तिर्नुपर्ने सम्झौतामा जबर्जस्ती सही गराइएको आरोप उनीहरूकोे छ । सोचेअनुसार पारिश्रमिक पाउन नसकेपछि आफूहरू त्यहीं बस्ने कि र्फकने भन्ने दोधारमा परेको त्यहा“स्थित सहयोगी सागर श्रेष्ठले कान्तिपुरलाई बताए ।
इसीएस म्यानपावर कम्पनीका निर्देशक गजेन्द्र चाम्लिङले उनीहरूलाई नेपालमा ५ सय ५० रियाल दिने सम्झौता भएको बताए । उनका अनुसार एलिसा कम्पनीमा केही समय काम गरेर परिचयपत्र बनाएपछि अर्को आरम कम्पनीमा खाना दिने मौखिक सहमति भएको थियो । 'अर्को कम्पनीमा खाना दिने मौखिक सहमति हो, लिखित भएको छैन,' उनले भने । यस्तै युनाइटेड अरब इमिरेट्सस्थित एक कम्पनीले पहिला एक हजार ५ सय दिराममा सम्झौता गरी पछि एकतिहाइ घटाएको छ । भरतपुर-५, चितवनका क्रान्ति सिल्पकारले युनाइटेड ग्रुप होल्डिन्सको तवासुल ट्याक्सी कम्पनीले जाने बेला एकाएक घटाउन खोजेको आरोप लगाए । ओम केएचसए म्यानपावर मार्फ जान लागेका सिल्पकारले पहिलो सम्झौताअनुसार भिसा आएको तर पछि मासिक ४ सय दिराममा मात्र जान सकिने भनेर आफूलाई अप्ठ्यारो परेको बताए ।

No comments: