Wednesday, December 26, 2007

गम्भीर घाइतेलाई राजधानी ल्याइने

काठमाडौँ-पश्चिमी विकट जिल्ला सर्ुर्खेतस्थित भेरी नदीको झोलुङ्गे पुल हिजो भाँच्चिँदा बेपत्ता हुनेको खोजी कार्य जारी छ । सुर्खेतको मेहलकुना-दहचौर जोड्ने झोलुङ्गे पुल त्यहाँ एक स्थानीय मेला चलिरहँदा ओहोरदोहोर गर्नेको भीडको भारका कारण भाँच्चिएको थियो । पुल भाँच्चिएर नदीमा खसेर बेपत्ता हुने ७० भन्दा बढी व्यक्ति रहेका छन् । हिजोदेखि लगातार सुरक्षाकर्मी, र्सवसाधारण र रेडक्रसको संयुक्त पहलमा खोजी र उद्धार कार्य भइरहेको छ । दर्ुघटनामा पुष्टि भएका १५ मध्ये ११ जनाको मात्र सनाखत हुनसकेको छ । आज गम्भीर घाइतेलाई उपचार्रार्थ काठमाडौँ ल्याउने तयारी भइरहेको छ । हिजो मेहलकुना गाउँमा सुभाघाट मेला चलिरहँदा एक हजारभन्दा बढी मेला भर्नेको भार एकैचोटि थाम्न नसकी १८७ मिटर लामो सो पुल भाँच्चिएको थियो । पुलको २० मिटर भाग भाँच्चिएर नदीमा खस्ने क्रममा मानिसको भागदौड चलेका कारण धेरै मानिस नदीमा खसेको प्रत्यक्षदर्शीले बताए ।

No comments: