Wednesday, December 26, 2007

धुलिखेलपूव अरनिको राजमार्ग बन्द

धुलिखेल-चोरीका घटना बढ्दै गएपछि धुलिखेल तनावग्रस्त छ। स्थानीय बासिन्दाले गस्ती गर्दा अरनिको राजमार्गमा रहेको आन्तरिक राजस्व चेकपोस्ट धुलिखेलमा हतियारसहित लुकिछिपी बसेका शङ्कास्पद दुइ जनालाई गएराति स्थानीय बासिन्दाले पक्राउ गरेका थिए भने तीन फरार थिए । हतियारधारीलाई पक्रिएर स्थानीय बासिन्दाले प्रहरीसमक्ष बुझाउने क्रममा राति नै दोहोरो झडप भएको थियो । झडपका क्रममा स्थानीय बासिन्दामाथि प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गर्दा केही व्यक्ति सामान्य घाइते भएपछि चोरलाई राजस्व प्रशासनले संरक्षण दिएको भन्दै स्थानीय बासिन्दाले रातिदेखि नै धुलिखेलदेखि पर्ूव अरनिको यातायात बन्द गर्दै फरार हतियारधारीलाई प्रक्राउ गर्न प्रहरीलाई दबाब दिँदैआएका थिए । बिहान शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेपछि स्थानीय बासिन्दाले आज बिहान ६ देखि ७ बजेसम्म बाटो खुलाएको भए पनि अहिले स्थिति झन् तनावग्रस्त छ भने ठाउँठाउँमा टायर बालेकाले यातायात बन्द आक्रोशित भीडले राजस्वले गुण्डा पालेर राखेको भन्दै गएराति १२ बजे नै राजस्वको कार्यालय तोडफोड गर्नुका साथै एउटा गाडी, मोटरसाइकल, टिभी, कम्प्युटर, फोटोकपी मेसिन तोडफोड तथा आगजनी गरेको कुरा प्रहरीले जनाएको छ । रातिदेखि नै पटक-पटक भएको झडपका क्रममा पक्राउ परेका शङ्कास्पद व्यक्ति रामदल दाहाल र भारती घाइते भएका छन् भने एक आरोपित व्यक्तिलाई बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

No comments: