Monday, December 31, 2007

पर्यटकले पोखरा भरियो, सौराहामा पनि खचाखच

पोखरा तथा सौराहामा नयाँ वर्ष २००८ को स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकको घुइंचो लगेको दुई वटा समाचार आज को कान्तिपुर दैनिकले प्रकाशित गरेको छ । समचारमा लेखियेको छ-
अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष मनाउन यहाँको मुख्य पर्यटन क्षेत्र लेकसाइडमा स्वदेशी तथा विदेशी पर्यटकको घुईंचो लागेको छ ।
नया वर्ष सुरु हुनु एक दिनअघि लेकसाइडका सडक पर्यटकले भरिएका छन् । फिस्टेल गेटदेखि सुरु हुने भीड झन्डै साढे तीन किलोमिटर डिहीको पाटनसम्म छ । त्यो पनि बिहान १० बजेखि राति ११ बजेसम्म एकैनास । कतै पञ्चैबाजाको झ्याइ झ्याइ छ । कतै गुरुङ, मगर, तामाङ, थकालीको नाचगान र कतै सा“स्कृतिक क्लबका सास्कृतिक कार्यक्रम । सडक बीचमा दुलाहा र दुलही बनाएर छमछम रत्यौली नाचेको दृश्यले सबैको मन छुन्छ । सडकका दाया बाया खुलेका रेस्टुरेन्ट र स्टलले सडक साघुरो बनाए पनि मन खोलेर नया वर्ष स्वागत गर्न पोखरा आइपुगेकालाई यसको परवाह छैन । यति रमाइलो होला भन्ने सोचेकै थिइन, काठमाडौंबाट नया वर्ष बनाउन आएका सन्तोष अधिकारीले भने । लामो समय पर्यटन मन्दीको असर झेलेका पोखराका व्यवसायी यो भीडभाडबाट दंग छन् । यस वर्षरत्न मन्दिर अगाडिका व्यवसायीले पनि मन्दिरको गाह्रै जोडिने गरी व्यवसाय चलाउन पाएका छन् । यसअघिका महोत्सवमा उनीहरूलाई सडक र्झन बन्देज थियो ।

उता सौराहमा लगेको महोत्सबले पनि पर्यटकहरुको मन जितेको छ । रोयल पार्क रिसोर्टमा बसिरहेको जापानी टोलीले जनवरी ३ सम्म सौराहा बस्ने निधो गरेका छन् । उनीहरूको निर्धारित बसाइ दुई दिनअघि सकिएको थियो । नया वर्ष को अवसरमा सञ्चालित हात्ती महोत्सव, फुड फेस्टिबललगायत कार्यक्रमबाट आकषिर्त भएर जापानी टोलीले भ्रमण कार्यक्रम लम्ब्याएको हो । युरोप, अमेरिकालगायत मुलकबाट नेपाल घुम्न आएका पर्यटक शान्त र प्राकृतिक मनोरञ्जन लिन सौराहा क्षेत्र रुचाऊँछन । यस वर्ष विदेशीसगै आन्तरिक पर्यटकको संख्यासमेत ह्वात्तै बढेको छ । अधिकांश पर्यटक प्याकेजका रूपमा आउने हुदा यहाका व्यवसायी काठमाडौं, पोखराबाट पर्यटक बुक गछ्न । सौराहामा पर्यटकका लागि हात्ती सफारी, डुंगा सवार, जंगल भ्रमण, चरा अवलोकनलगायत कार्यक्रम सञ्चालन गरिएको छ ।

No comments: