Wednesday, December 26, 2007

पेट्रोलको भाउ बढ्यो

काठमाडौं- नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमो निरन्तर बढ्दै गएको मूल्य र तदनुरुप खरिद मूल्य र बिक्रीमूल्यमा समायोजन गर्दै जानुपर्ने जनाउँदै आज मध्यरातदेखि लागु हुने गरी पेट्रोलको नयाँ मूल्य निर्धारण गरेको छ ।
सो अनुसार निगमले पेट्रोलको डिपोमूल्य काठमाडौंका लागि प्रतिलिटर रू. ७६.४५ र खुद्रा बिक्रीमूल्य प्रतिलिटर रु ८० हुनेछ । पेट्रोलको मूल्य समायोजनपछि उपभोक्तामा मूल्य वृद्धिको थप भार पर्न जाने कुरालाई विचार गरी स्रिन्केज, ढुवानी भाडा, कमिसन र वर्किङ लसमा साविकमा लिइआएको खुद रकममा नबर्ढाई खुद्रा मूल्य कायम गर्न बिक्रेतालाई निगमले आहृवान गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा तीव्र गतिमा भइरहेको वृद्धि, निगमले भारतीय आयल निगमबाट खरिद गरी बिक्री वितरण गरिरहेको पेट्रोलियम पदार्थको मूल्यमा तदनुरुप समायोजन गर्न नसक्दा चरम घाटा सिर्जना भई रकम अभाव हुन गएबाट भारतीय आयल निगमलाई भुक्तानी दिनुपर्ने रकम नियमितरुपमा दिन नसकिरहेको विद्यमान परिस्थितिलाई गम्भीररुपमा विचार गरी बजारमा पेट्रोलियम पदार्थको आपर्ूर्ति सहज र सुलभ तुल्याउन निगमले पेट्रोलियम पदार्थको मूल्यमा अन्तरराष्ट्रिय बजार मूल्यअनुरुप क्रमिकरुपमा समायोजन गर्दै लगी अन्ततोगत्वा स्वतः मूल्य समायोजन संयन्त्रलाई लागु गरी संस्थागत गर्ने जनाएको छ ।
स्रोत : रासस

No comments: