Thursday, April 3, 2008

चुनावलाई पाँच दिन बिदा

काठमाडौं- सरकारले यही चैत २८ गते हुने संविधानसभा निर्वाचनका लागि पाँच दिन र्सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले चैत २५ देखि २९ गतेसम्म र्सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले केही दिनअघि विराटनगरको सरौचियास्थित मस्जिदमा भएको बम विस्फोटमा परी मृत्यु भएका फिरोज खान र मोहम्मद परवेज मुस्लिमका परिवारलाई १०-१० लाख रुपियाँ राहतस्वरूप दिने निर्णय गरेको छ । बैठकमा संविधानसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनेबारेमा र शीष् नेताहरूको सुरक्षा एवम् मतपत्रको सुरक्षालगायतका विषयमा छलफल भएको बताइएको छ ।

No comments: