Wednesday, April 30, 2008

प्रचण्डको नेतृत्वमा संयुक्त सरकार

काठमाडौं- नेकपा (माओवादी) ले अध्यक्ष प्रचण्डको नेतृत्वमा आगामी सरकार बनाउने गरी अन्य दलसमक्ष औपचारिक रूपमै प्रस्ताव लैजाने निर्णयगरेको छ । यसअघिसम्म सरकारको नेतृत्व प्रचण्ड या डा. बाबुराम भट्टर्राई कसले गर्ने भन्ने दुइ खाले कुरा बाहिर आएको थियो ।

माओवादी केन्द्रीय कमिटीको मंगलबार बसेको दोस्रो दिनको बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा सहमतिको आधारमा संयुक्त सरकार निर्माण गर्ने निर्णयगरेको छ । संविधानसभा निवर्चनको जनादेश माओवादीको पक्षमा भएको तर सहमतिको आधारमा नै अगाडि बढ्नुपर्ने संवैधानिक र मुलुकको आवश्यकता भएको बैठकको निष्कर्षरहेको केन्द्रीय सदस्य अनन्तले जानकारी गराउनुभएको छ । बैठकपछि अनन्तले प्रमुख राजनीतिक दलहरूसँग परामर्श गरी आगामी सरकारको खाका तयार गर्ने निर्णयगरेको स्पष्ट पार्नुभएको छ ।

संविधान निर्माण गर्ने महान् दायित्व पूरा गर्न संविधानसभा निवर्चनबाट आएका नयाँ शक्तिलाई सम्मानपूवक साथ लिएर अगाडि बढ्ने निर्णँय गरी बैठकले सहकार्य र सहमतिका लागि माओवादीले पहल गर्नुपर्ने निर्णयगरेको बताइएको छ । बैठकले गणतन्त्रको कार्यान्वयन संविधानसभाको पहिलो बैठकबाट गर्ने निर्णयगरेको पनि अनन्तले जानकारी गराउनुभएको छ । बैठकमा केही केन्द्रीय सदस्यले माओवादीको नेतृत्वमा आगामी सरकारको नेतृत्व गर्न नदिए जनता स्वयम्ले सत्ता कब्जा गर्ने धारणा राखेको भए पनि बैठकले सहमतिबिना जान खोज्न नहुने निष्कर्षनिकालेको छ । बैठकका सहभागीका अनुसार सरकार निर्माणका लागि चुनौती र संवैधानिक जटिलता देखिएकाले यथाशीघ्र सात दल र निवर्चनबाट आएका नयाँ शक्तिबीच छलफल गर्नुपर्ने कुरामा केन्द्रीय सदस्यहरूले जोड दिएका छन् । केन्द्रीय कमिटीको आज बस्ने बैठकले समानुपातिक निर्वाचन परिणामअनुसार १ सय संविधानसभा सदस्य चयन गर्ने कार्य गर्ने बताइएको छ । त्यसका लागि गृहकार्य गर्न रामबहादुर थापा बादल सहितको टोलीलाई बैठकले जिम्मेवारी दिएको छ ।

एमालेको बैठक जारी यता नेकपा (एमाले) केन्द्रीय कमिटीको चालू बैठकमा कार्यवाहक महासचिव अमृत बोहराद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल चलिरहेको छ । छलफलका क्रममा धेरै केन्द्रीय सदस्यले माओवादीलाई सरकारको नेतृत्व गर्न दिनर्पर्छ र एमालेले र्समर्थन गरे पनि सरकारमा पार्टी हभागी हुनुहुँदैन भन्ने धारणा राखेको बुझिएको छ । एमालेले भोलि बिहीबारसम्म केन्द्रीय कमिटीको बैठक अन्त्य गर्ने योजना बनाएको छ । एमालेको बैठक चार दिनदेखि बसिरहेको छ । नेपाली कांग्रेसको सोमबार स्थगित बैठक भोलि बिहीबार बस्ने भएको छ । समानुपातिकबाट चुनिने सभासद्को नामावली चयन गर्न जिम्मेवारी दिइएको संसदीय विभागमा विवाद उत्पन्न भएपछि बैठक स्थगित गरिएको हो । समानुपातिकमा नेपाली कांग्रेसले ७३ जना चयन गर्न पाउने भएको छ भने नेकपा (एमाले) ले ७० जना चयन गर्न पाउनेछ। एमालेले त्यससम्बन्धी निर्णयबिहीबारको बैठकले गर्ने बताइएको छ ।

No comments: