Friday, April 11, 2008

जनतालाई बधाई

काठमाडौं- संविधानसभा निर्वाचन सफलतापूवक सम्पन्न भएकोमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, माओवादीका अध्यक्ष प्रचण्ड तथा एमालेका महासचिव माधवकुमार नेपालले बिहीबार छुट्टाछुट्टै वक्तव्य जारी गरी नेपाली जनतालाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री कोइरालाले निर्वाचनमा अत्यधिक उत्साहका साथ भाग लिएकोमा सम्पूण नेपाली दिदीबहिनी तथा दाजुभाइको यो राष्ट्रिय दायित्वबोधलाई हार्दिक सराहना गर्नुभएको छ । माओवादी अध्यक्ष प्रचण्डद्वारा जारी वक्तव्यमा युगान्तकारी निर्वाचनमा प्रदर्शन भएको जनसमुदायको धैय, त्याग र पहलप्रति माओवादी गर्वका साथ बधाई र अभिवादन प्रकट गर्दछ भनिएको छ ।
त्यसै गरी एमालेका महासचिव नेपालले संविधानसभा निर्वाचनमा व्यापक संख्यामा सहभागी भएर मतदान गर्ने आमजनसमुदायलाई सो पार्टी तर्फाट हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

No comments: