Sunday, April 27, 2008

प्रधानमन्त्रीको अपील आउदै

काठमांडू- प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट राष्ट्रवाशीका नाममा अपील आउने सम्भावना छ । 
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज बैशाख १५ गते बेलुकासम्म राष्ट्रवाशीका नाममा अपील गर्ने सम्भावना रहेको श्रोतहरुले बताएका छन् ।

प्रधानमन्त्रीका निकट सहयोगी शितल कोइरालाले बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीबाट आउने अपीलको ड्राफ्ट भइरहेको जानकारी आफूले पाएको उल्लेख गरे । प्रधानमन्त्रीको अपील आउनुअघि सात दलको बैठक हुने सम्भावना रहेको बालुवाटार श्रोतले बताए पनि अन्य दलले भने बैठकबारे आफूलाई जानकारी नभएको दावी गरे ।
श्रोतले दिएको जानकारी अनुसार, प्रधानमन्त्रीबाट आउने बक्तब्यमा संविधानसभा चुनावबाट संविधानसभा गठन भएको उल्लेख छ । यसैगरी, बक्तब्यमा संविधानसभा बैठक बसाल्न र बैठकको कार्यसूची बनाउन सबैसँग आह्वान गरिएको श्रोतको भनाइ छ । प्रधानमन्त्रीको बक्तब्यमा दलहरुबीचको सहमतिमा राज्य संचालन गर्ने जनआन्दोलनको आदेश रहेको तथा संविधानसभा निर्वाचनले पनि त्यही जनादेश दिएको बेहोरा रहेको श्रोतको दावी छ । प्रधानमन्त्रीको बक्तब्यमा संविधान निर्माण र राज्य संचालन जनआन्दोलनमा ब्यक्त अभिमत र अन्तरिम संविधान अनुसार हुनुपर्ने पनि उल्लेख भएको श्रोतले जानकारी दीएको छ ।

स्रोत: हिमाल ख़बर

No comments: