Friday, April 4, 2008

मादक पदार्थ बिक्रीमा रोक

काठमांडू- जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्वाचन हुने दिनभन्दा तीन दिनअगाडिदेखि तीन दिनपछिसम्म होटल, पसल, रेस्टुरेन्टसमेतका र्सार्वजनिक स्थलमा मादक पदार्थ बिक्री-वितरण तथा सेवन गर्न रोक लगाएको छ । र्सार्वजनिक स्थलमा लाठी, खुकुरी, भालालगायतका हातहतियार बोकी प्रदर्शन गर्ने, उत्तेजना तथा त्रास फैलाउनेजस्ता कार्य गर्न पनि स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरी रोक लगाइएको कार्यालयले जनाएको छ । सोअनुसार चैत २५ देखि आगामी २०६५ वैशाख १ गतेसम्म ती काम गर्न पाइनेछैन । कसैले सो आदेशको बर्खिलाप हुने गरी मादक पदार्थको बेचबिखन तथा सेवन गरेमा र हातहतियार लिई हिँडेमा कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।

No comments: